कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि




काठमाडौं, जेठ १५
कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णालीका अनुसार प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ८ जना कोरोना संक्रमित दैलेखका भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनीहरु नारायण नगरपालिका–१ का २६ वर्षीय पुरुष, नारायण नगरपालिका– ३ का १९,३०,३६ र ४० वर्षीय पुरुषहरु रहेका छन् ।

सोही नगरपालिकाका ४ नम्बर वडाका एक वर्षका बालक र २० वर्षीया महिला पनि संक्रमित भएका छन् । उक्त नगरपालिकाको वडा नम्बर ५ का १७ वर्षीय युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या ४६ जना पुगेको छ । कर्णाली प्रदेशमा बुधबार राति मात्र १५ जना कोरोना संक्रमित थपिएका थिए । प्रदेश सरकारले कोरोना संक्रमितको संख्या थप भएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News