नेपाल प्रहरीका ६० जना डीएसपीको पदस्थापन र केहीको सरुवा




काठमाडौं, जेठ १५
नेपाल प्रहरीका ६० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को पदस्थापनसंगै केहीको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले बिहीबार जम्मा ८४ जनालाई जिम्मेवारी दिएको छ । जसमा ६० जना नयाँको पदस्थापन र २४ जनाको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार राजधानीका केही बृत्त र केही जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन । जसअनुसार महाराजगन्ज बृत्तमा रोशन खड्कालाई पठाइएको छ भने बानेश्वर बृत्तमा दिक्षानन्द बस्नेतलाई पठाइएको छ ।

स्वयम्भुमा नारायण भट्ट र गौशाला बृत्तमा जितेन्द्र बस्नेतलाई सरुवा गरिएको छ । यस्तै, काठमाडौं प्रहरी परिसरको मुद्दा शाखामा कार्यरत डीएसपी कृष्ण चन्द भोजपुर सरुवा भएका छन ।

हालै बढुवामा परेका पृथ्वीनारायण ओली सुदुरपश्चिम प्रदेशदंगा नियन्त्रण प्रहरी गण, महेन्द्रनगर कंचनपुर पुगेका छन । यसैगरी केदारपन्तलाई जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News