कोरोना संक्रमितले गरे प्रहरीमाथि आक्रमण, १२ राउन्ड हवाई फायर




काठमाडौं, जेठ १६
रौतहटको इशनाथमा दुई जना कोरोना संक्रमितसहित क्वारेन्टाइनमा रहेका व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गरेका छन् । कोरोना संक्रमितलाई अस्पताल लैजान खोज्दा क्वारेन्टाइनमा रहेकाहरूले अवरोध गरेपछि तनाव उत्पन्न भएको हो।

प्रहरीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । इशनाथ गाउँपालिका जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका दुई व्यक्तिमा आज बिहान कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमा बसेकाहरूले आक्रमण गरेपछि तनाव उत्पन्न भएको डीआईजी सिहंले बताए । उनीहरूले संक्रमितलाई लैजान नदिने बताएका थिए । सो क्वारेन्टाइनमा २ सय जनालाई राखिएको छ । उनीहरू सबै भारतबाट फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News