कोरोना संक्रमणबाट छैटौं व्यक्तिको मृत्यु


 



अर्घाखाँची, जेठ १६
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । भारतबाट फर्किँदै गरेका अर्घाखाँचीका एक युवकको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ का एक युवकको बाटोमै मृत्यु भएको थियो ।

भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने शुक्रबार मात्रै सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्