विदेशमा अलपत्र नेपालीको उद्धार गरिने, पहिलो चरणमा २५ हजार व्यक्तिलाई ल्याइने


 



काठमाडौं, जेठ १६
सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीको उद्दार गरिने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकताका आधारमा विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्दार गरेर स्वदेश फर्काउने निर्णय गरेको हो ।

यसका लागि समितिको बैठकले नेपाली नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजनासमेत पारित गरेको छ । विदेशमा रहेका नेपालीहरुको उद्दार गर्ने कार्य एक सातापछि सुरु हुनेछ ।

मन्त्रिपिरिषद बैठकले यसअघिनै भारत लगायत तेस्रो मुलुकमा लकडाउनका कारण अलपत्र परेका नागरिक फिर्ता ल्याउने नीतिगत निर्णय गरिसकेको छ । अब सोही कार्ययोजना अनुसार सम्बन्धित गन्तव्य मुलुक र राजदूतावाससँग समन्वय गरी तत्कालै गम्भीर समस्यामा रहेका २५ हजार नागरिक पहिलो चरणमा स्वदेश फर्काइने भएको छ ।

भारतसहित विभिन्न देशबाट करीव १३ लाख नागरिक स्वदेश फर्किने आकलन गरिएको छ । स्वदेशबाट फर्किनेहरुको बर्गीकरण गरेर रोजगारी गुमाएर खर्चविहीन भएकाहरुलाई राज्यलेनै व्यवस्था गर्नेछ । अन्यले भने क्वारेन्टाइनमा बस्दा आफ्नै खर्च गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्