दसगजा क्षेत्रका संंरचना हटाउन सरकारलाई निर्देशन




काठमाडौं, जेठ १७
संसदीय समितिले सरकारलाई दसगजा क्षेत्रका संरचना हटाउन निर्देशन दिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले नेपाल–भारत सीमाको नो म्यान्स ल्यान्डका संरचना हटाउन निर्देशन दिएको हो।

‘अन्तर्राष्ट्रिय कानुनविपरीत सीमा क्षेत्रको दसगजा नो म्यान्स ल्यान्डमा रहेका बस्ती, सडक र बाँधलाई हटाउन तत्काल आवश्यक पहल गर्ने’, समितिले सरकारलाई दिएको निर्देशनमा भनिएको छ।

अन्तर्राष्ट्रिय सीमासम्बन्धी कानुनअनुसार सीमा क्षेत्रमा रहेको नो म्यान्स ल्यान्ड एकदमै बन्जड हुनुपर्ने, त्यहाँ कुनै पनि संरचना हुनु हुँदैन। तर, नेपाल–भारत सीमा क्षेत्रमा भने मानवीय बस्ती, सडक र बाँध तटबन्धसमेत निर्माण भएका छन्।

समितिले सीमा स्तम्भ निर्माण सम्बन्धमा पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News