क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु


 


दैलेख, जेठ १७
दैलेखकाे क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु भएकाे छ। दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा रहेका ती युवकको शनिबार बिहान मृत्यु भएको हो।

भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका ती युवकको शनिबार बिहान मृत्यु भएको हो। शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको छ । बिहानको खाजा खाएर आराम लागि सुतेका उनी केही समयमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ। ३५ वर्षीय मृतक कर्ण थापा दुल्लु नगरपालिका–११ कालभैरवका रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्