कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्योp


 



काठमाडौं, जेठ १७
कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ।

दैलेख जिल्लाको दुल्लु नगरपालिका –७ स्थित क्वारेन्टिनमा आज बिहान मृतक एक जनाको कोरोना रिपोर्ट पोजिटिभ आएपछि मृतकको संख्या ७ पुगेको छ ।

मृतकको शव दैलेख प्रशासनले व्यवस्थापन गरेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले पुष्टि बताए ।

मृतक पुरुष जेठ ९ गते भारतको राजस्थानबाट आएर दैलेखको दुल्लु नगरपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टिनमा बसेका थिए।

दुल्लु नगरपालिका-११ घर भएका ३५ वर्षीय ती पुरुषको स्वाव संकलन भने दुई दिनअघि नै गरेपनि शनिबार साँझमात्रै रिपोर्ट आएको हो।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्