क्वारेन्टाइनमा रहेका बालकको मृत्यु


 


फाइल तस्वीर

काठमाडौं, जेठ १८
डडेल्धुरामा क्वारेन्टाइनमा रहेका एक बालकको शनिवार राति मृत्यु भएको छ । डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको मृत्यु भएको हो ।

मृत्यु भएका बालक आइतवार भारतबाट आमाबाबुसँगै आएका डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेए बताए । बालक मलेरिया रोगबाट ग्रसित रहेको जनाइएको छ ।  

कोरोना परीक्षणका लागि बालकको थ्रोट स्वाब संकलन गरिएको जनाइएको छ । बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ । 

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्