सशस्त्र प्रहरीकाे भारतीय नागरिकले हतियार लुट्न खाेजेपछि गाेली चल्याे


 


काठमाडौं, जेठ १८
सीमावर्ती क्षेत्र सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतीय एक समूहबीच झडप भएको छ।

बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले र भारतीय समूहबीच झडप भएको हाे।

प्रहरी टाेलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको जिल्ला प्रहरी कर्यालय सर्लाहीले जनाएकाे छ।

३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्