क्वारेन्टाइनमा राखेकै दिन भागेर आत्महत्या


 



काठमाडौं, जेठ १८
गुल्मीको छत्रकोट गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक व्यक्तिले आत्महत्या गरेका छन्।

वडा नम्बर ४ स्थित आदर्श माविको क्वारेन्टाइनमा रहेका स्थानीय ५६ वर्षीय चन्द्रबहादुर परियारले भागेर रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

हिजो विहान मात्रै क्वारेन्टाइनमा राखिएका उनी साँझ शौच गर्न जाने भन्दै क्वारेन्टाइनबाट निस्किएका थिए।

क्वारेन्टाइनबाट निस्केर नआएपछि खोज्दै जाँदा केही पर रुखमा झण्डिएको अवस्था उनको शव भेटिएको वडाध्यक्ष डिलाराम न्यौपाने जानकारी दिए ।

भारतको दिल्लीबाट आएका उनलाई हिजो बिहान ७ बजे क्वारेन्टाइनमा राखिएको थियो।

“नोयडा भन्ने शहरमा काम गर्ने रहेछन्। त्यहाँबाट दिल्ली डेढ महिनाजति आफन्तकोमा बसेका थिए”, वडाध्यक्ष न्यौपानेले भने, “त्यहाँ पनि उनले आत्महत्याको प्रयास गरेको खुलेको छ।”

उनले किन आत्महत्या गरे भन्ने कारण खुलेको छैन। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

गाउँपालिकाका अनुसार मृतकको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाउन लागिएको छ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्