निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधयेक संसदमा प्रस्तुत


 


काठमाडौं, जेठ १८
नेपालको संविधान दोस्रो संशोधन विध्ययेक संसदमा पेश भएको छ । सोमबारको संघीय संसदको बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधनको विध्ययेक पेश गरेकी हुन् । 

सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेटिएको नयाँ नक्सा जारी गरेपछि सोही अनुसार निशान छाप परिवर्तन गर्ने प्रयोजनका लागि संविधान संशोधन विध्ययेक ल्याइएको हो ।

यसअघि बुधबार संसदको कार्यसूचीबाट संविधन संशोधन प्रस्ताव राखेर पनि हटाइएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीमा आन्तरिक छलफलका लागि समय मागेकाले बुधबारको बैठकअघि सार्वजनिक भएको संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्