पूर्व प्रधानमन्त्रीको प्रस्ताव–सबैले थर फेरौं



काठमाडौं, जेठ १८
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभामा जारी बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने बताए । उनले दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्ने बारे छलफल हुन सक्ने बताए ।

भट्टराईले भने, ‘तपाई हामी सबैले दलित नाम राखिदिउँ न । जस्तै बाबुराम भट्टराई कामी लेख्दिउँँ । एउटा विश्वकर्मा लेखौं । सबैले गरौं । भर्खरै रुकुकमा जे भयो परिकल्पना पनि गर्न सक्नि । त्यत्रो क्रान्तिको आधार इलाकामा यस्तो प्रतिक्रान्तिकारी हर्कत हुन्छ भने यसरी सामाजिक न्याय हुँदैन ।’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News