नेपालमा काेराेना संक्रमितकाे संख्या साढे १५ सय नाघ्याे



काठमाडौं, जेठ १८
नेपालमा अाइतबार थप १६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा १६२ जना पुरुष र ४ महिलामा कोरोना पोजेटिभ देखिएको जानारी दिए।

पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

आज थपिएका १६६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। नेपालमा हालसम्म संक्रमितमध्ये २२० जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News