कोरोना संक्रमित युवालाई डेङ्गु पनि देखियो




तुलसीपुर, जेठ १८
दाङमा भेटिएका एक कोरोना संक्रमित युवालाई डेङ्गु रोग पनि देखिएको छ । 

बबई गाउँपालिका वडा नं ६ का ३० वर्षीय पुरुषमा डेंङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताए ।

कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि  परीक्षण गर्दा  डेङ्गु भेटिएको जनाइएको छ ।

यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News