पूर्व गृहमन्त्री जनार्दनविरुद्ध जाजरकोटमा प्रदर्शन



काठमाडौं, जेठ १८
जाजरकोटमा पुर्वगृहमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन भएको छ । जेठ १० गते रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको पक्षमा न्याय माग गर्दै जाजरकोटमा पुर्वगृहमन्त्री शर्माविरुद्ध प्रदर्शन भएको हाे।

उक्त घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका हुन्। प्रदर्शनकारीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाए ।

प्रदर्शनका क्रममा उनीहरुले हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई सहिद घोषणा गरलगायतका नारा लगाएका थिए ।

नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय युवा युवतीले साथ दिएका थिए। लकडाउन भइरहेको बेलामा समेत लकडाउनको प्रवाह नगरी उनीहरु न्यायको लागि प्रर्दशनमा उत्रिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News