झापाका सात स्थानीय तहमा १११ कोरोना संक्रमित, आजै थपिए चार जना




झापा, जेठ १८
झापामा मात्रै कोरोना संक्रमितको संख्या १ सय ११ पुगेको छ । जिल्लाको गौरीगञ्ज गाउँपालिकामा आइतबार चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ११ पुगेको हो ।

आइतबार कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणको रिपोर्टमा गौरीगञ्जका क्वारेन्टाइनमा बसेका चार जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका कार्यक्रम संयोजक जीवन चम्लागाईँका अनुसार गौरीगञ्ज गाउँपालिका ६ नम्बर वडा बस्ने २३, ३७ र ३९ वर्षीय पुरुष र वडा नम्बर ५ बस्ने १८ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो । उनीहरु पनि भारतको मुम्बई र गुजरातबाट जेठ १५ गते स्वदेश फर्किएका हुन् ।

जिल्लामा हाल ७ वटा स्थानीय तहहरुमा कोरोना संक्रमण देखिएको छ । दमकमा देखिएका एक जना संक्रमित बाहेक सबै भारतबाट आएकामा संक्रमण देखिएको हो ।

हालसम्म जिल्लामा संक्रमितमध्ये कचनकवल गाउँपालिकामा धेरै छन् । यो गाउँपालिकामा ७३ जना संक्रमित भेटिएका छन् । बाह्रदशी र गौरादहमा दुई दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एकरएक जना संक्रमित देखिएका थिए । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News