सरकारी स्कुल सुधार्ने जिम्मा निजीलाई : शिक्षा मन्त्री नै असन्तुष्ट, निकाले विज्ञप्ति




काठमाडौं, जेठ १९
आगामी बजेटमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका जिम्मा निजी विद्यालयलाई दिने निर्णयप्रति विभागीय मन्त्री नै असन्तुष्ट देखिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यो निर्णयमा असन्तुष्टि जनाएका छन् । उनले यो बुँदा पुनर्विचार गर्न पनि अर्थमन्त्रीसमक्ष आग्रहसमेत गरेका छन् ।

बजेटको बुँदा नम्बर १६६ मा माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयको सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा शैक्षिक पूर्वाधार सामग्रीसहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

मन्त्री पोखरेलले विज्ञप्तिमार्फत शिक्षा मन्त्रालयले प्रस्ताव नै नगरि बजेटमा केही बुँदा राखिएको र सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरणको निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पूरक कार्यक्रमका रुपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत् रहने गरी परिचालन गरिने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News