बाँकेमा हाइस दुर्घटना हुँदा ११ को मृत्यु, २२ जना घाइते




नेपालगन्ज, जेठ १९
बाँकेमा गएराति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर २२ जना घाइते भएका छन्। 

नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी(२ स्थित ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो। 

राति १२ बजेतिर भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएको प्रहरीले जनाएको छ। 

घाइतेहरुलाई भेरी अस्पताल लगिएको छ। शव पनि त्यही अस्पतालको शव गृहमा राखिएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News