दाङमा थप नौ जनामा देखियो कोरोना, कति पुग्यो संक्रमित संख्या ?




दाङ, जेठ १९
दाङमा थप नौ जनामा कोरोना भाइरस संक्रमण भएएको पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार तुलसीपुर उपमहानगरपालिकाका पाँच, गढवा गाउँपालिकाका दुई, राप्ती गाउँपालिकामा एक र लमही नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो। 

तुलसीपुर–६ का २० वर्षीय पुरुष, वडा नम्बर १५ का ३२ वर्षीय पुरुष, र वडा नम्बर १६ का १८, २०, २३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।  

त्यसैगरी गढवा–६ का ३६ वर्षीय पुरुष र वडा नम्बर ७ का २४ वर्षीय पुरुष, लमही–१ का ४० वर्षीय पुरुष र राप्ती–८ का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।

योसँगै दाङमा संक्रमितहरुको संख्या ३४ पुगेको छ । अहिलेसम्म जिल्लामा एक जना निको भएर घर पर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News