कर्णालीमा थपिए ३२ जना संक्रमित



सुर्खेत, जेठ १९

कर्णाली प्रदेशमा सोमबार फेरि नयाँ संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३२ जनामा मध्ये सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा रहेको सामाजिक विकास मन्त्रालय अन्तरगतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिए ।

दैलेख नारायण नगरपालिका वडा नं। १, ३, ४, ५, ८ र १० का १६ जना, महावु गाउँपालिका(३ का एकजना, सल्यान बनगाड कुपिण्डे नजरपालिकाका वडा नं। १, ३, ५, ६, र ७ का १० जना र सुर्खेतको बराहाताल गाउँपालिका वडा नं १ र १० का पाँचजना पुरुष रहेका छन् ।

नयाँ पुष्टि भएकाहरुसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । यसअघि आइतबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट दुई प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News