सुदूरपश्चिममा एकैदिन थपिए १८ जना कोरोना संक्रमित


 



धनगढी, जेठ १९
सुदूरपश्चिममा आज एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । नयाँ संक्रमित मध्ये १४ जना कैलालीका छन् । जसमा ११ पुरुष र तीन महिला छन् ।

बाँकी अछाम, बैतडी, डोटी र कञ्चनपुरका एकरएक जना पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

प्रदेशमा जेठ अघि देखिएका पाँच जना निको भैसकेका थिए । ९ गते एकैदिन सुदूरपश्चिमका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भए यता सन्क्रमित देखा पर्दै गरेका छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्