सांसद चाैधरीले संसदमै दिइन् ‘रअ’का एजेन्टहरूलाई कडा चेतावनी



काठमाडौं, जेठ १९
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू कडा चेतावनी दिएकी छिन् ।

संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै नेकपाकी सांसद चौधरीले भारतीय एजेन्टहरू पछिल्लाे समय विभिन्न काेणबाट सलबलाउन थालेको जिकिर गरिन्। उनले ‘रअ’का एजेन्टहरूलाई धेरै नसलबलाउन चेतावनी समेत संसदमा सम्बाेधनकाे क्रममा दिइन् ।

उनले नेपालमा समृद्धिका कुरा सुनेर भारतीय गुप्तचर संस्था ‘रअ’का एजेन्टहरू १५ दिनसम्म घाइते हुने गरेको बताएकी छिन् ।

‘भूमि मिचाहासँग सल्लाह छलफल गर्नुपर्ने प¥यो रे ! आफ्नो जमीन मेरो हो भन्नको लागि पनि मेरो देशको भूमि मिचाहा सोध्नुपर्ने ? यो कस्तो बिडम्बाना हो ?’, नेकपाकी सांसद चौधरीले प्रश्न गर्दै भनेकी छिन्, ‘जब यो देशका प्रधानमन्त्री एउटा सपना, योजना फ्याक्छन् अनि रअका एजेन्टहरू १५ दिनसम्म घाइते हुन्छन् ।’

समावादी पार्टीकी सांसद सरिता गिरीको नाम नलिइकन नेकपाकी सांसद चौधरीले संसदभित्रै नेपालको स्वाधीनतामाथि धावा बोलेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News