पाकिस्तानी दूतावासका दुई कर्मचारी पक्राउ



एजेन्सी, जेठ १९
दिल्लीस्थित पाकिस्तानी दूतावासका दुई कर्मचारीलाई जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा अबिद हुसेन र ताहिर हुसेन रहेका छन्।

उनीहरूपाकिस्तानी दूतावासको भिसा सेक्सनमा काम गर्दछन्। ती दुई जनालाई एक भारतीयबाट संवेदनशील कागजातहरू लिइरहेको अवस्थामा पक्राउ गरिएकाे हाे।

४२ वर्षीय आबिद पाकिस्तानको पंजाब प्रान्तको शेखपुरा जिल्लाका हुन् भने ४४ वर्षीय मोहम्मद ताहिर इस्लामाबादका हुन्। दूतावासको आडमा दुबै दिल्लीमा जासूसी गर्थे I उनिहरु नक्कली भारतीय आईडी समेत बनाएका थिए।

भारतीय विदेश मन्त्रालयले दुबैलाई persona-non-grata (अनावश्यक व्यक्ति) घोषित गरेका छन् । अब दुबैले २४ घण्टा भित्र भारत छोड्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News