बाँके दुर्घटना : ज्यान गुमाउने सबैको सनाखत




दाङ, जेठ १९
बाँकेको अगैया नजिक ठुहरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको पहिचान खुलेको छ। 

दुर्घटनामा परी ज्यान गुमाउनेमा निमबहादुर ओली, नरेन्द्र विक, रोल्पा रुन्टीगढी ६ होलेरीका मोहनचन्द्र विक, बुद्विराम विक, रोल्पा थवाङ ३  का भीमबहादुर विक, दाङ राजपुर ६ का रामकुमार पुन, दाङ शान्तिनगर ३ का पूर्ण बहादुर पुन, सोही ठाउँकी सीता पुन, दैलेख गुराँस गाउँपालिका ४ का गाडी चालक दान बहादुर खड्का छन् ।

त्यस्तै, सुर्खेत वीरेन्द्रनगर ३ तातापानीका सहचालक पवन भण्डारी,  सोही ठाउँका रितेश कार्की, दाङ शान्तिनगर ३ की ११ वर्षीया हिमान्सु थापा रहेका प्रदेश ५ प्रहरी कार्यालय दाङले जनाएको छ। 

त्यसैगरी दुर्घटनामा परी गम्भीर घाईते हुनेमा सल्यान सिद्वकुमाख ५ का १८ वर्षीय देवेन्द्र खड्का, सोही ठाउँका १७ वर्षीय ज्ञान बहादुर बोहरा, सल्यान सारदा नगरपालिका ६ का २६ बर्षीय टीका चलाउने, दाङ सैघाका देउविर विक छन्।

त्यस्तै सोही ठाउँ दुईखोलीका २६ वर्षीय शिव भण्डारी, सल्यान सिद्वकुमाख ४ तेजबहादुर बुढाथोकी रहेका प्रहरीले जनाएको छ।

त्यसैगरी दुर्घनामामा सल्यान सिद्धकुमाख ५ दह का तेजबहादुर बुढाथोकी, कुपिण्डे ६ घागडी झर्कोटका निमराज विक, सोही ठाउँका देवबहादुर बुढाथोकी, सल्यान सिद्धकुमाख ४  का लोकेश घर्ती, सल्यान छापडाडाँका धनबहादुर बोहरा, दाङ तुलसीपुर २ खैरीपुरका रुपलाल केसी, सोही वडाका विष्णु गिरी, दाङ सैघाका नर बहादुर विकसमेत घाइते भएका छन्। 

त्यसैगरी दाङ सैघा दुईखोलीका दिलबहादुर विक, रोल्पा थवाङ ३ का भरत थापा, दाङ गढवा ६ मानपुरका जीवन घर्ती, राजपुर ६ गर्मेखोलाका दिपेश चौधरी पनि घाइते भएका छन्। 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News