काठमाडाैँकाे जुवा खालबाट ९ व्यापारी पक्राउ(नामसहित)



काठमाडौँ, जेठ १९
काठमाडाैँमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ । कमलादीस्थित एक होटलमा छापा मारेर होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईसहित प्रहरूिले ९ व्यापारीलाई पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेके हो ।वृत्तका डीएसपी रञ्जन दाहालका अनुसार कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगदसहित हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्‍वाइन पनि बरामद गरिएको दाहालले बताए । जुवा खेलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News