इजरायली प्रधानमन्त्री कार्यालयमा पुग्यो कोरोना


 



इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा पनि कोरोना संक्रमण देखिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित कर्मचारीको सम्पर्कमा नभएको बताइएको छ ।

यसअघि दुई पटक नेतन्याहूले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । मार्चमा उनका एक सल्लाहकारमा संक्रमणको पुष्टि भएको थियो जबकि अप्रिलमा तत्कालीन स्वास्थ्यमन्त्रीको कोरोनाको परीक्षण गरिएको थियो, यद्यपि, उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

इजराइलमा हालसम्म कोरोनाका १७ हजार १ सय संक्रमित भेटिइसकेका छन् । हालसम्म २८५ को मृत्यु भइसकेको छ । बीबीसी

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्