लकडाउनको ढाँचा फेर्ने सरकारको तयारी




काठमाडौं, जेठ २०
कोरोना भाइरस (कोभिड-१९) महामारी रोकथामका लागि चैत ११ गतेबाट सुरु भएको लकडाउनको ढाँचा फेर्ने तयारी गरिएको छ । मुलुकमा लकडाउन जारी गरिएको ७० दिन पुगिसकेको छ ।

यो अवधिसम्म देशभर कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । यहीबीचमा ८ जनाको संक्रमणले मृत्यु भइसकेको छ । लकडाउन मात्रै कोरोना संक्रमण रोक्न उपाय नभएको प्रष्ट भएको छ ।

यसैबीचमा सबैतिरबाट दबाब पर्न थालेपछि भने सरकारले लकडाउनको ढाँचा बदल्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । त्यही निर्देशनअनुसार समिति र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् ।

उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले लकडाउन अब क्रमशस् सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको बताए । उनले विशेषज्ञहरूको राय लिएर नयाँ मोडालिटी बन्ने र त्यसका आधारमा सरकार अघि बढ्ने बताए ।

अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । नेपालसँगै लकडाउन सुरु गरेको भारतले सार्वजनिक यातायातलगायत सबै खुला गरिसकेको छ ।

तर अब सीमा क्षेत्र र त्यहाँबाट छिर्नेहरूलाई गर्ने निगरानी र प्रभावकारी व्यवस्थापन गर्न सेना सहितका सुरक्षा निकायलाई खटाउने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News