क्वारेन्टिनमा बसेकाहरु आन्दोलित



झापा, जेठ २०
आफूहरुलाई छिटो घर पठाउन माग गर्दै झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् ।

पहिले आफूहरुसँगै रहेका १७ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले भने, ‘बीपी प्रतिष्ठानले रिपोर्ट दिन ढिलो गर्दा तनाव भइसक्यो । क्वारेन्टाइनमा बसेकाहरु भाग्न खोज्छन् ।’

उक्त क्वारेन्टिनमा बसेका र कोरोना कोरोना रिपोर्ट पोजेटिभ आएकामध्ये १७ जना संक्रमित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी गएराति डिस्चार्ज भएका छन् । यो खबर पाउनासाथ लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले आफूहरुलाई पनि घर पठाउन जनप्रतिनिधिहरुलाई दबाव दिइरहेका छन् ।

गाउँपालिकाका अध्यक्ष आलमका अनुसार उनीहरुको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो रिपोर्टका लागि नमूना पठाएको एक हप्ता बितिसक्दा पनि प्रतिष्ठानले रिपोर्ट नदिएको उनले गुनासो गरे । ‘कहिले मेसिन बिग्रियो भन्छ, कहिले के भन्छ, रिपोर्ट नै दिँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News