लोकसेवाले अन्तर्वार्तामा सहभागी हुने परीक्षार्थीमाथि लगायाे यस्ताे नियम



काठमाडौं, जेठ २०
लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तर्वार्तामा सहभागी हुन पीसीआर विधिबाट कोरोना परीक्षण अनिर्वाय गरेको छ ।

आयोगले उपत्यकाबाहिर कार्यरत वा काम विशेषले लकडाउनको अवधिमा उपत्यकाबाहिर गरेका उम्मेदवारहरूले अन्तर्वार्ता अगावै कोभिड–१९ पीसीआर परीक्षण गराएर बुझाउन भनेको हो ।

परीक्षण गराउन कुनै कठिनाइ भए आयोग नै सहजीकरण समेत गरिदिने बताएको छ । आयोगले असार २ बाट विभिन्न समूहको सहसचिव पदका उम्मेदवारको अन्तर्वार्ता गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News