१३ वर्षीया छोरीलाई रुखमा बाँधेर बलात्कार, बुवा पक्राउ




काठमाडौं, जेठ २१
कैलालीमा आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बलात्कार आरोपमा कैलालीको चुरे गाउँपालिका वडा न. ५ भासु बजारका ४५ वर्षीय गणेश औजीलाई प्रहरीले हिजो राति पक्राउ गरेको हो ।

राति साढे १० बजे तिर सहजपुरको जंगलबाट भागिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय फल्टुडेले जनाएको छ ।

निजको बारेमा गत जेठ १७ गते राती प्रहरीमा उजुरी परेपछि उनी घरबाट भागि फरार रहेका थिए । उनीमाथि भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत बलत्कार गरेको आरोप छ ।

उनले बालिकालाई कसैलाई खबर गरेमा मार्ने धम्कि समेत दिदै आएका थिए । निजलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाउने ईलाका प्रहरी प्रमुख  माधव बिश्वकर्माबताए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News