डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु




डडेल्धुरा, जेठ २१
डडेल्धुराको गन्यापधुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको हिजो राति मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका वडा नम्बर २ मा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो। उनी परिवारसहित चारदिन अघि मात्रै भारतबाट आएकी थिइन् ।

शौचालय गएका बेला बेहोस भए लगत्तै उनको मृत्यु भएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए। विष्टकाअनुसार चार दिन अघि भारतबाट आएकी उनी श्रीमान् र छोरासहित गन्यापधुरा गाउँपालिका १ ले निर्माण गरेको असिग्राम आधारभूतको क्वारेन्टाइनमा बसिरहेकी थिइन्।

बेहोस भएर ढलेपछि उनलाई राति नै १ बजे एम्बुलेन्स बोलाइएपनि अस्पताल पर्याउन सकिएको थिइन् । उनको मृत्युपछि विहान स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेर उनको स्वाब संकलन गरेको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News