कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि




सुर्खेत, जेठ २१
कर्णाली प्रदेशमा आज थप १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा पाँच महिनाको शिशुसहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

संक्रमित देखिएका शिशु कालिकोट महाबै गाउँपालिकाका –४ का हुन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । प्रदेशमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News