सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ७८ पुग्यो, थप ५ जनामा संक्रमण




धनगढी, जेठ २१
सुदूरपश्चिममा आज थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ७८ पुगेको छ।

सबैभन्दा बढी कैलालीका ३५ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका सात, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म सुदूरपश्चिममा एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News