थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २३ सय १६ पुग्यो


 



काठमाडौं, जेठ २२
नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित गण्डकी प्रदेशमा भेटिएका हुन् ।

गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानकाअनुसार थपिएका व्यक्तिहरु बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लाका हुन्।

१६ जनामध्ये बागलुङमा १०, स्याङ्जामा १, म्याग्दीमा १ र पर्वतमा ४ जना छन्। गण्डकी प्रदेशमा मात्रै संक्रमितको संख्या ५४ पुगेको छ । योसंगै नेपालमा संक्रमितको संख्या २३ सय १६ पुगेको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्