सीमा नाकामा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि


 



धनगढी, जेठ २२
गौरीफन्टा नाकामा खटिएका कञ्चनपुरका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी भारतबाट आएका नेपालीहरुको स्वास्थ्य परीक्षण गर्न गौरिफन्टा नाकामा खटिएका थिए ।
संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको बताए । गौरीफन्टा नाकामा कैलाली र कञ्चनपुरबाट चेकजाँचका लागि स्वास्थ्यकर्मी खटिएका छन् ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्