सिरहामा किशोरी बलात्कारको आरोपमा चार जना पक्राउ


 



सिराहा, जेठ २२
सिरहामा किशोरी बलात्कारको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गोलबजार वडा नं. ३ की १५ वर्षीया बालिकालाई बलात्कार गर्ने औरही गाउँपालिका–२ का २० वर्षीय अम्बर यादवसहित उनलाई सहयोग गर्ने ३ युवकलाई पक्राउ गरिएको
सिरहाका प्रहरी प्रवक्ता डीएसपी विनोद घिमिरे जानकारी दिए ।

प्रहरीले बलात्कार आरोपित युवकसहित उनलाई सहयोग पुर्‍याउने सिरहाकै नरहा गाउँपालिका–४ का २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, सुखिपुर नगरपालिका-६ का १९ वर्षीय गोलु महतो र औरही गाउँपालिका–२ का २३ वर्षीय जगरनाथ यादवलाई पक्राउ गरिएको डीएसपी घिमिरेले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्