Deshko News
१५ मंसिर २०८०, शुक्रबार

सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि


 



धनगढी, जेठ २२
सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणामा आज थप पाँच जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । आज पुष्टि भएकामा धनगढी फुलवारीकी २५ वर्षीय युवती र २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम साँफेवगरका २९ वर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ वर्षीय पुरुष रहेका छन् ।

सुदूरपश्चिमका ८६ जना संक्रमित मध्ये ८३ जना प्रदेशभित्रै रहेका छन् भने एकजना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्