लकडाउन मोडालिटीबारे निष्कर्ष निस्केन, कार्ययोजना बनाउने जिम्मा उच्चस्तरीय समितिलाई




काठमाण्डौं, जेठ २२
सरकारले लकडाउन खुकुलो पार्ने सम्बन्धि मोडालिटी दुईदिन भित्र बनाउने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले मोडालिटी बनाउन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

मोडालिटीको कार्ययोजना दुई दिनभित्र पेस गर्न समितिलाई जिम्मा दिने निर्णय गरेको हो । व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न नदिए अवज्ञा गर्ने चेतावनी दिएपछि यस विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बसेको थियो ।

लकडाउनको मोडालिटीबारे गम्भीर छलफल भए पनि मन्त्रिपरिषद् बैठकले निष्कर्ष निकाल्न नसकेपछि त्यसको जिम्मा उच्चस्तरीय समितिलाई दिएको हो ।

बैठकमा कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा परिरहेको प्रभावको विभिन्न पक्षमा छलफल भएको एक मन्त्रीले जानकारी दिए । बैठकमा मन्त्रीहरुले लकडाउनलाई खुकुलो बनाएर नयाँ मोडालिटीमा जानुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News