कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ११ पुग्यो




सुर्खेत, जेठ २३
नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । हिजो विहान सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

जेठ ९ गते भारतको मुम्वइबाट आएका उनी १४ पञ्चपुरी नगरपालिका वडा नं–९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनको अवधि पुरा भएपछि बुधबार साँझ उनीसहित ६ जनालाई थप सात दिन होम क्वारेन्टाइनमा बस्न भनेर घर फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News