सोती घटनामा संलग्न भएको आरोपमा थप सात जना पक्राउ


 



रुकुम पश्चिम, जेठ २३
रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोती घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप सात जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले गएको जेठ १० गते ६ जनाको हत्यामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेकाहरुको नाम, ठेगाना खुलाइएको छैन ।

यसअघि वडा नम्बर-८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित १८ जनालाई पक्राउ गरेर हिरासतमा राखिएको छ । पीडित परिवारले २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । जसमा १८ जनालाई म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने दुई जना अझै फरार छन् ।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्