तनहुँमा थप २ जना कोरोना पुष्टि


 



तनहुँ, जेठ २३
तनहुँको ऋसिङ गाउँपालिकामा क्वारेन्टाइनमा बसेका दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि छ ।

वर्ष ३९ र ४० का पुरूषमा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५६ पुगेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदबिन्दु शर्माले विज्ञप्तिमार्फत जनाए। ती मध्ये ३ जना उपचारपछि निको भई घर फर्केका छन्।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्