देशभर २४ घण्टासम्म वर्षा हुने



काठमाडौं, जेठ २३
अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू-भागमा वर्षा भइरहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुनेछ । यो क्रम रातिसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News