क्वारेन्टिनमै गयो वृद्धको ज्यान


 


जुम्ला, जेठ २३

क्वारेन्टिनहरु पूर्वाधारयुक्त नभएको गुनासो उच्च भएका बेला जुम्लामा क्वारेन्टिनमा बसेको एक वृद्धको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको वडाध्यक्ष हो । उनी बिहीबार बिहान ११ बजेदेखि सो क्वारेन्टिनमा बस्दै आएका थिए ।

बर्दियाबाट जुम्ला बजार आइपुगेका उनी बुधबार साँझ त्यहीँ बसेका थिए । दमका रोगी रहेका वृद्धलाई उनकै बुहारीले बोकेर क्वारेन्टिन स्थलसम्म पुर्‍याएका थिए । वडाध्यक्ष नरजितका अनुसार मृतक वृद्ध गत मंसिरमा आफन्तको घर बर्दिया गएका थिए । मृतक वृद्धसहित सो क्वारेन्टिन स्थलमा सात जना बस्दै आएका थिए ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार ‘क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको छ, उनी दमको रोगी रहेछन् । कोरोना परीक्षणका लागि चिकित्सकको टोलीले उनको स्वाब संकलन गरिसकेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्