वन उपभोक्ता समूहका कोषाध्यक्ष घुससहित पक्राउ



सिन्धुली, जेठ २३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीका दुईवटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई घुससहित नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीनपाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष मिनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार घोलेको साथबाट ३ लाख र रानाको साथबाट ३० हजार पाँच सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News