६८ जिल्लामा फैलियो कोरोना संक्रमण



काठमाडौं- नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गोरखा, कास्की र हुम्लामा पनि सङ्क्रमित भेटिएपछि कोभिड-१९ बाट प्रभावित हुने जिल्लाको सङ्ख्या ६८ पुगेको छ ।

हालसम्म नेपालका ६८ जिल्लामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ९१२ पुगेको छ । पछिल्लो २४ घण्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो । कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उनले जानकारी दिए । अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् । शुक्रबार ४० जना डिस्चार्ज भएका छन् । सबैभन्दा बढी कोशी अञ्चल अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उ

नीहरु ६ देखि ११औं दिनको अवधिमा डिस्चार्ज भएका डा. देवकोटाले जानकारी दिए । हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’ मा छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् । दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’ मा रहेका उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News