निको नहुँदै अस्पतालबाट घर पठाइयो ६ जना कोरोना संक्रमित




धनगढी, जेठ २३
धनगढीस्थि सेती प्रादेशिक अस्पतालले निको नहुँदै ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाअनुसार संक्रमितहरुलाई १४ दिन आइसोलेनमा राखेर घर पठाएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बाबु छोरीसहित ६ जना संक्रमितलाई घर पठाएको जानकारी दिए । उनकाअनुसार अस्पतालले अछामको मेल्लेख गाउँपालिका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका– १ का २० र २७ बर्षीय पुरुष, वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरेको हो ।

उनीहरु भारतबाट जेठ ८ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए ।
उनीहरुलाई घरमा गएर पनि दुई हप्ता सुरक्षित रहने सल्लाह दिएर डिस्चार्ज गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

अस्पतालले डिस्चार्ज गरेका ६ जना कोरोना संक्रमित धनगढीमै अलपत्र परेका छन् । दिउँसो २ बजे उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरिएकोमा सम्बन्धित जिल्लासम्म पुर्‍याउने व्यवस्था नभएपछि उनीहरु धनगढीमा अलपत्र परेका हुन् ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशनअनुसार उनीहरुलाई डिस्चार्ज गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News