नेपाल प्रहरीकाे प्रहरी नायव निरीक्षककाे बढुवा सिफारिस मनपरी निर्णय



काठमाडौं, जेठ २४
नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बढुवा सिफारिसमा मनपरी निर्णय भएकाे तथ्य सार्वजनिक भएकाे छ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिले मन्त्री र सचिवका सुरक्षामा खटिएका प्रहरी कर्मचारी ( पिएसओ)हरुसहित ७३ जना सईलाई  इन्स्पेक्टर पदमा बढुवाका लागि सिफारिस गरेको थियाे।

उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एआईजी शैलेश थापा सदस्य सचिव रहेको बढुवा समितिले गृहमन्त्री र गृहसचिबका जुनियर पिएसओहरुलाई सिफारिस गरेर सिनियर सईहरुको मानमर्दन गरेको छ।

बढुवा सिफारिसमा २०६० र २०६१ सालमा सई बनेका झन्डै ५० जना छुटेका छन् भने २०६२ मा सई बनेका ८ जनालाई राजनीतिक दबाबमा इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ। जसका कारण प्रहरी त्र ठुलो असन्तुष्टि छाएको छ ।

२०६० र २०६१ सालमा सई बनेकाहरु अब कहिले बढुवामा पर्ने हुन ? अन्योल नै बनेको छ। इन्स्पेक्टर बढुवा सिफारिसमा राम्रो काम गर्ने र पुरस्कार पाएकाहरु छुटेका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News