डब्ल्युएचद्वारा काेभिड-१९ काे बारेमा जारी निर्देशिकामा परिमार्जन



काठमाडौं, जेठ २४
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ ।

सार्वजनिक यातायात, बजार लगायतका भीडभाड हुने स्थानमा जाँदा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्युएचओले सुझाएको छ ।

डब्ल्युएचओको कोभिड–१९ सम्बन्धका प्रमुख प्राविधिक विज्ञ डा. मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यसबेला डब्ल्युएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्युएचओले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्दै सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News