आरडीटीको विश्वास नहुँदा क्वारेन्टाइन बसेकाहरू गाउँ गएर पुन: क्वारेन्टाइनमै


 



डोटी ,जेठ २४,
डोटीमा क्वारेन्टाइनमा बसेर घर पठाइएकाहरु पुनस्
सेल्फ क्वारेन्टाइनमा बस्न थालेका छन् ।

भारतको पञ्जाबबाट आएर दिपायल सिलगढी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा वडा बसेर घर पठाइएका १६ जना पुनस् क्वारेन्टाइनमा बसेका हुन् ।

दिपायल सिलगढी नगरपालिका वडा नं. ८ सलडा, दाङ स्थायी घर भएका उनीहरु स्थानीय चौखान माध्यमिक विद्यालयमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा क्वारेन्टाइन बसेका २ जना घर फर्किदा ट्याक्टरमा चढेर गएको र उनीहरु सँगै ट्याक्टरमा स्थानीय ४ जना पनि ट्याक्टरमा रहेकाले ती ४ जना समेत क्वारेन्टाइनमा बसेका छन् । ती चार जना मध्ये ३ जना पुरुषहरु चौखान मा।वि।कै क्वारेन्टाइनमा बसेका छन् भने १ महिला आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

दिपायल सिलगढी नगरपालिकाले बनाएको सुनादेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा १३ दिन बसेर घर पठाईएका १४ जना र पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयमा १४ बसेका २ जना गरी १६ जनाको आरडिटी नतिजा नेगेटिभ आएको छ ।

आरडिटी परीक्षणको विश्वास नभएकाले घर परिवार तथा गाउँमा संक्रमणको खतरा नहोस् भन्ने उद्धेश्यले आफुहरु स्वइच्छाले क्वारेन्टाइनमा बसेको भारतबाट आएका क्वारेन्टाइनका अगुवा व्यक्ति शेर बहादुर साउँदले जानकारी दिए ।

सबै जनाले आ–आफ्नो खानपनि र बसोबासको प्रबन्ध आफै मिलाउने गरी सेल्फ क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए । स्थानीय गाउँका अगुवाहरुको सुझाव सल्लाह र स्वविवेकले आफुहरुले यस्तो निर्णय गरेको र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्ने साउँदले बताए ।

उक्त सेल्फ क्वारेन्टाइनमा भारतबाट आएका २ महिला, २ बच्चा र १० जना पुरुषसँगै ट्याक्टरमा यात्रा गरेका ३ जना अरु पुरुष गरी १९ जना रहेको जनाइएको छ ।

आरडिटी परीक्षणमा विश्वास नदेखिएकै अवस्थामा डोटी जिल्लामा भने विभिन्न स्थानीय तहले आरडिटी परीक्षण गरेर नतिजा नेगेटिभ भएकाहरुलाई धमाधम घर पठाउन थालेका छन् ।

भारतबाट मानिसहरु आउने क्रम जारी रहेकाले क्वारेन्टाइन व्यवस्थापन गर्न पनि समस्या रहेको र पिसिआर परीक्षणको सम्भावना पनि नभएकाले स्थानीय तहहरुले घरमा सुरक्षित बस्न सल्लाह दिदै घर पठाइरहेका छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्